site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

काठमाडौं । बझाङमा मंगलबार ठूला भूकम्पपछि सानातिना परकम्प आएको छ ।

दिउँसो ३ बजेर ४५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रविन्दु भएको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको सुर्खेत कार्यालयले जानकारी गराएको छ । कार्यालयका अनुसार यो मंगलबारै दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प हो ।

Dabur Nepal
NIC Asia

अरू केही साना परकम्प पनि मापन गरिएको छ । तर, त्यसको म्याग्निच्युड यकिन गर्न समय लाग्ने कार्यालयले जनाएको छ ।

बझाङ सदरमुकाम चैरपुर आसपास केन्द्रविन्दु भएर आज दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि साना परकम्प मापन भइरहेको कार्यालयले जनाएको छ ।

मंगलबारै दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro