राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीको कोसी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित भएका छन् ।
इटहरीमा भएको पार्टीको प्रदेश अधिवेशनबाट उपाध्यक्षमा हेमन्त भट्टराई, सचिवमा चिरञ्जीवी रेग्मी र कोषाध्यक्षमा अम्बिका चापागाईं सुवेदी चुनिएको प्रदेश निर्वाचन समितिका प्रमुख अजीत खड्काले जानकारी दिए ।
समिति सदस्यमा इन्द्रनारायण साह, टंक फुयाँल, कमल कार्की ढोली, सन्ध्या दाहाल, भुवन थापा, मनोज विश्वकर्मा, रुपेश मास्के र काशीनाथ सिग्देल चयन भएका हुन् ।
गत वर्ष माघमा विवेकशील साझा पार्टीको संघीय अधिवेशन गरिएको थियो । त्यसपछि प्रादेशिक अधिवेशन गरिँदै छ ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० ११:००
प्रतिक्रिया दिनुहोस्