site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुमारी बैंकको ‘दसैँ र तिहार, परिवारलाई उपहार’ अफर सार्वजनिक

काठमाडौं । कुमारी बैंकले दसैँ तथा तिहारलाई लक्षित गर्दै विभिन्न अफर सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत बैंकले ग्राहक माझ निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दसैँ र तिहार परिवारलाई उपहार’ अफर सार्वजनिक छ ।

Argakhachi Cement Island Ad

२६ लाखको बिमा सुविधाअन्तर्गत परिवारका चारजना सदस्यलाई एक लाखको मेडिकल बिमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाखसम्मको दुर्घटना बिमा तथा एक लाखसम्मको घातक रोग बिमा सुरक्षण समावेश गरिएको छ ।

साथै खाता खोलिएको पहिलो वर्षका लागि लकर सुविधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट/क्रेडिट कार्ड सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसै अवसरमा बैंकका अन्य बचत खाताहरूमा २० हजार रुपैयाँको मेडिकल बिमा सुविधा प्रदान गर्ने भएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २३:०८
प्रतिक्रिया दिनुहोस्