site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तेस्रोपटक फेरियो एमाले कोसीको निर्वाचन तालिका, राति ९ बजे सुरु गर्ने तयारी
Tiktok banner adTiktok banner ad

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेशको नयाँ नेतृत्वका लागि राति ९ बजेदेखि मतदान सुरु गर्ने तयारी भएको छ । 

निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान ११ बजेदेखि मतदान सुरु गर्ने तयारी थियो । तर, मनोनयमाथिको दाबी विरोध र फिर्ता लिन ढिलाइ पछि मतादनको समय धकेलिएको हो । 

प्रमुख निर्वाचन आयुक्त चुणामणि आचार्यले सकेसम्म चाँडै निर्वाचन सुरु गर्ने तयारी भए पनि मौसमले असर गरेको सुनाए । “हावाहुरीसहित वर्षा हुने सम्भावना देखिएको छ । त्यही भएर केही ढिलो होला भन्ने लागेको छ,” आचार्यले भने ।

अहिले विराटनगरमा हावाहुरी चलिरहेको छ । निर्वाचनस्थलमा ३५ ठाउँमा मतदान गर्ने व्यवस्था गरिएको आचार्यले जानकारी दिएका छन् । 

बिहान ११ बजेदेखि निर्वाचन सुरु नभएपछि साँझ ५ बजे गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । मतदानस्थल मनास्लु पार्टी प्यालेसमा मतदान गर्न नेता तथा कार्यकर्ता बिहानैदेखि पर्खिएर बसेका छन् । उपाध्यक्षसहित कतिपय जिल्लाबाट निर्वाचित हुने सदस्यहरू सर्वसम्मत भई सकेका छन् । 

एक अध्यक्षसहित पाँच पदाधिकारी र २१५ सदस्यीय प्रदेश समिति निर्वाचनबाट छानिने छन् ।

अधिवेशन शुक्रबार एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए ।

अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । केन्द्रीय नेताहरूको पहलमा कार्यसमिति सर्वसम्मत गर्ने प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro