site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपाले भन्यो– बहुमत पुग्ने अवस्थामा मात्रै हिक्मत कार्कीलाई विश्वासको मत दिन्छौँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोसीमा बहुमत पुग्ने अवस्थामा मात्रै मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिन सकिने बताएको छ । आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले विगतको निर्वाचनमा भएको सहकार्य र प्रदेशमा राजनीतिक स्थिरताका लागि बहुमत पुग्ने अवस्थामा विश्वासको मत दिन सकिने बताएका हुन् ।

कोसी प्रदेशका जनताले मध्यावधि नचाहेको र प्रदेशमा राजनीतिक स्थिरताका लागि ठूला दलहरू मिल्नुपर्ने उनको भनाइ छ । नेता सिटौलाले अहिलेसम्म विपक्षी गठबन्धनका नेताहरू राप्रपासँग समर्थन माग्न र कुनै वार्ता गर्नसमेत नआएको बताए ।

उनले आगामी दिनमा र निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि सहमति गरेर मात्र अब कोसीमा बन्ने सरकारलाई सहमति दिन सकिने बताए ।

अर्को प्रसंगमा सिटौलाले जातीय सद्‌भाव र धार्मिक सहिष्णुता खल्बल्याउने प्रयासको आफूहरूले सधैँ विरोध गर्ने बताए । कोसी प्रदेशका नामकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिका कारण कोसीमा अस्थिरता उत्पन्न भएको र आन्दोलन भइरहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro