site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूराजनीतिले देशको अवस्था पेचिलो र जटिल छ : माओवादी केन्द्र
फाइल तस्बिर।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भूराजनीतिक अवस्थाले गर्दा देशको अवस्था पेचिलो बन्दै गएको बताएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल अवस्थामा रहेको बताए । उनले सबै मिलेर मेहनत गर्ने हो भने देखिएको समस्या समाधान हुने बताए ।

अहिले चुनौतीभन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै उनले चुनौतीमै सम्भावनाका ढोका खुल्ने जिकिर गरे । पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको दाबी गरे । उनले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ता र पार्टीबाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिरहेको बताए ।

“माओवादीको परीक्षामा हामी एकपछि अर्को पास हुँदै गएका छौँ । अहिलेसम्म आइपुग्दा यसको आकर्षण बढेको छ,” उनले भने, “यो जनस्तरसम्म पुग्दै छ । यसको आकर्षणको कुरामा धेरै अन्य पार्टीका कार्यकर्ता र पार्टीबाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिहेका छन्, यो आकर्षण हो ।”

पूर्वसभामुख सापकोटाले सरकार जनताका आवाज सुन्न तत्पर रहेको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro