site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई माधव नेपालको पत्र– गम्भीर कदम नचाले परिस्थिति झन् खराब हुनसक्छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार बालुवाटार पुगेर नेपालसहित सो पार्टीका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमण पूरा गरी स्वदेश फर्किएलगत्तै नेताहरू बालुवाटार पुगेका थिए । उनीहरूले विभिन्न समस्या औँल्याएका छन् ।

देशमा रोजगारी गुम्दै गएको, महँगी बढेको, श्रमजीवी, मजदुर र गरिबको जीवन झन् कष्टकर बनेको पत्रमा उल्लेख छ । चाडपर्वको मौका पारेर कालाबजारीले मनपरी गर्न थालेका पनि जनाइएको छ ।

कतिपय अवाञ्छित तत्त्व देशमा जातीय, धार्मिक–सांस्कृतिक द्वन्द्व मच्चाउन लागिपरेका ध्यानाकर्षणपत्रमा उल्लेख छ । देशमा देखिएको चौतर्फी संकट समाधान गर्न सरकारले गम्भीर कदम नचाले परिस्थिति झन् खराब हुन सक्नेतर्फ सचेत गराइएको छ ।

“देशमा देखिएको चौतर्फी संकट समाधान गर्न सरकारले आवश्यक गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुनसक्छ । त्यसैले अहिलेको संकटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय तथा मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौँ,” पत्रमा उल्लेख छ ।

पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro