site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
किन दियो निर्माण कम्पनीले अनमोलविरुद्ध प्रहरीमा उजुरी ? यस्तो छ कारण
अनमोल केसीको फेसबुकबाट ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरको साँगाबाट पक्राउ गरेको हो । चलचित्र ‘रावायण’का लागि अनमोलले अग्रिम १० लाख रुपैयाँ लिएका थिए । तर पैसा लिएर पनि काम गर्न नमानेपछि निर्माण कम्पनीले चार दिन अगाडि उजुरी दिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्देशक सुदर्शन थापाले सुरुमा स्क्रिप्ट मन पर्‍यो भनेर एडभान्स लिए पनि अन्तिममा आएर धोका दिएको बताए । निर्देशक सुदर्शनसँग गरिएको कुराकानी उनकै शब्दमा जस्ताको तस्तै:

उहाँले आजभन्दा तीन महिना अगाडि ‘रावायण’ चलचित्रको पूरा स्क्रिप्ट पढेर मलाई स्टोरी मन पर्‍यो भनेर १० लाख रुपैयाँ पेस्की लिनुभयो । त्यसपछि हामीले सिनेमाको अरू काम सुरु गर्‍यौँ । गीत रेकर्डिङलगायतका अन्य काम गर्‍यौँ । प्राविधिक तय गर्‍यौँ । अरू कलाकार अनुबन्ध गर्‍यौँ ।

Global Ime bank

सुटिङमा जान ड्रेस डिजाइनदेखि सबै काम तयारी अवस्थामा पुगेपछि छायांकनमा जानुभन्दा चार दिन अगाडि आएर म यो सिनेमामा काम गर्दिनँ भन्नुभयो । यो भनेको आपराधिक विश्वासघात हो, त्यही भएर हामी उजुरीमा गयौँ । चार दिन अगाडि हामीले उजुरी गरेका हौँ । उहाँले हामीलाई धोका दिनुभयो । त्यही भएर हामी बाध्य भएर उजुरी गर्न पुग्यौँ ।

हामीले उहाँलाई पटक–पटक सम्झाउने/बुझाउने कोसिस गरर्‍यौँ । मिटिङ गर्‍यौँ । तर, उहाँले हामीलाई बेवास्ता गर्नुभयो, यो नै हाम्रा लागि धोका भयो । यही असोज ८ मा लोकेसनमा जाने र आज (१२ गते)देखि छायांकनमा जाने हाम्रो पूर्वनिर्धारित योजना थियो । त्यही योजना अनुसार हामीले करिब सयजनाको युनिटसँग सम्झौता गरेका थियौँ । तर, उहाँ (अनमोल)कै कारण काम हुन सकेन । 

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिले सिनेमा बनाउन लागेको थियो । यो सिनेमालाई सुदर्शन थापाले निर्देशन गर्दै थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय