site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मालपोतका नायब सुब्बा र खरिदार डेढ लाख घुससहित नियन्त्रणमा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिएको हो । 

घुस रकमसहित उनीहरूलाई इनरुवा नगरपालिका–३, मालपोत चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

जग्गा नामसारी गरेवापत कटुवाल र अधिकारीले सेवाग्राहीसँग घुस लिएको अख्तियारले बताएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro