देश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको घोडाघोडी नगरपालिका–२ स्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शाहले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर शिक्षण पेसामा लागेको पुष्टि भएपछि शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अनुसन्धानका क्रममा शाहले भारतको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको देखिएको अख्तियारको दाबी छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० १६:१५
प्रतिक्रिया दिनुहोस्