site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'मिसन ८४' भनेको हरेक वडामा एमालेको ५१ प्रतिशत जित हो : ओली
Sarbottam CementSarbottam Cement

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले प्रत्येक वडामा कम्तीमा ५१ प्रतिशत जित निकाल्नुपर्ने बताएका छन् । शुक्रबार विराटनगरमा पार्टीको कोसी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा ओलीले गएको चुनावमा आफूहरूमाथि धेरै प्रहार भए पनि एमाले अग्रमोर्चामा रहेको दाबी पनि गरे ।

“अघिल्लो चुनावमा हामीलाई धेरै प्रहार भए । तर, एमाले अग्रमोर्चामा रह्यो । हरेक टोल र घरमा विद्यार्थी, युवा, महिला, किसान संगठनलाई पुर्‍याउनुपर्छ,” ओलीले भने, “मिसन ८४ भनेको यही हो । हरेक वडामा ५१ प्रतिशत हुनुपर्छ । तबमात्र हाम्रो विजय सुनिश्चित हुने छ । हामीबाहेक यो देशमा जनताको समस्या बुझेको कुनै पार्टी छैन ।”

ओलीले ज्येष्ठ नगारिक, महिला आरक्षणसहितका धेरै क्षेत्रमा एमालेले काम गरेको पनि दाबी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड' र शेरबहादुर देउवा धेरैपटक प्रधानमन्त्री भए पनि देशका लागि केही गर्न नसकेको आरोप लगाए । “उहाँहरूले के गर्नुभयो ? केही गर्नुभएन,” ओलीले भने, “हामीले तीन वर्षमा धेरै गर्‍यौँ ।”

अर्को प्रसंगमा ओलीले कोसी प्रदेशमा विकास र सम्भावनाको प्रचुर सम्भावना भएर पनि पछि परेको बताए । ओलीले हिमाल, पहाड र तराईको संगमस्थलको रूपमा रहेको कोसी प्रदेशको सम्भावनाको ठूलो क्षेत्र भएको बताए ।

Global Ime bank

“अब यो ठाउँको विकास गर्ने जिम्मेवारी एमालेले नै लिनुपर्छ । एमालेले मात्र गर्न सक्छ,” ओलीले भने ।

औद्योगिक र शैक्षिक क्षेत्रको विकासमा समेत अग्रणी रहेको भन्दै ओलीले केही समययता विराटनगरसमेत पछि परेको सुनाए ।

काठमाडौंमा दरबार स्कुल स्थापना भएको केही समयपछि नै भोजपुरमा षडानन्दले शिक्षालय सञ्चालन गरेको स्मरण गर्दै ओलीले शैक्षिक उन्नयनमा समेत कोसी प्रदेशको अलग्गै स्थान रहको बताए । 

ओलीले कोसी प्रदेशमा एमाले सुदृढ अवस्थामा रहेको जिकिर गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !