site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दूरसञ्चारमा हुने चुहावट र भ्रष्टाचारलाई रोक्नुपर्छ : राजेन्द्र लिङ्देन
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल दूरसञ्चार प्राधिकरणमा हुने चुहावट र भ्रष्टाचार रोकिनुपर्ने बताएका छन् ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले विगत पाँच वर्षदेखि दूरसञ्चार प्राधिकरणबाट प्राप्त हुने राजस्व कमी भइरहेको बताए । उनले उपभोक्ताहरु बढीरहेको तर राजस्व भने घटिरहेको भन्दै यसप्रति गम्भीर हुनुपर्ने बताए ।

प्राधिकरणमा भ्रष्टाचार भइरहेको कुरा आएको उल्लेख गर्दै यस विषयमा समितिमा पनि छलफल गर्नुपर्ने उनको भनाइ छ । प्राधिकरणले भित्र्याउन खोजेको प्रविधि उपयुक्त नभएमा अन्य प्रविधि भित्र्याउनुपर्ने उनले बताए । प्राधिकरणमा भइरहेको चुहावट र भ्रष्टाचार रोक्नुपर्ने उनको भनाइ छ ।

उनले चाडपर्व नजिकिँदै गर्दा खाद्य पदार्थको कृतिम अभाव सिर्जना गर्ने र अप्रत्याशित ढंगले मूल्यवृद्धि हुने काम भइरहेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro