site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लेखा समिति बैठकमा सांसद बास्कोटाले पानीमा चिनी घोलेर देखाएपछि...
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले सर्वसाधारणले आयातित गुणस्तरहीन चिनी खरिद गर्न बाध्य भएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उनले बजारमा सानो आकारमा प्याकिङ् भएको चिनी गुणस्तरहीन रहेको र बढी मूल्य समेत लिने गरेको बताए ।

आफूले एक ठाँउमा प्रयोग गरेको चिनी पानीमा घुल्न समय लागेको र गुणस्तरहीन देखिएको उनले बताए । समितिमा आफूले प्रयोग गरेको चिनीको प्याकेट पानीमा घोलेर देखाउँदै उनले गुणस्तरहीन चिनी बजारमा छ्याप्छ्याप्ती हुँदा पनि यसको आयात रोक्ने प्रयास नभएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

बास्कोटाले उखु किसानको समस्या समाधान गरेर स्वदेशी चिनी उत्पादनमा प्रोत्साहन गर्नुपर्ने धारणा राखे । चिनी उत्पादन र आयातकर्ता तथा सरकारबाट सहयोग प्राप्त गर्ने एउटै व्यक्ति भएकाले हरेक वर्ष चाडबाडका समयमा अभाव सिर्जना भएको उनले जिकिर गरे ।

त्यस्तै, उनले स्वास्थ्य उपकरण ल्याउने तर प्रयोग नगर्दा बिग्रने समस्याबारे सरोकारवालासँग छलफल गर्नुपर्ने बताए ।

Global Ime bank

त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी र महँगीले उपभोक्ता मारमा परेको भन्दै सरकारले ध्यान दिनुपर्ने बताए । उनले विद्युत् प्राधिकरणको डेडिकेटेड लाइनको राजस्व असुली नभएको अवस्थामा त्यसलाई पनि नाफामा देखाउने काम भएकाले छिटै टुङ्गो लगाउनुपर्ने बताए ।

समिति सदस्य अर्जुननरसिंह केसीले दसैँको मुखमा कालोबजारी मौलाएकाले अत्यावश्यक खाद्य सामग्रीलगायतमा मूल्यवृद्धि भई आम जनता त्यसको मारमा परेको बताए । उनले त्यसतर्फ आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय