site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
गुगल २५ वर्षमा : छात्रावासदेखि इन्टरनेटमा प्रभुत्व
Ghorahi CementGhorahi Cement

काठमाडौं । २५ वर्ष पहिले स्ट्यानफोर्ड विश्वविद्यालयका दुई विद्यार्थीले आफ्नो छात्रावासमा एक नयाँ आइडिया ल्याए । दुवै जनाले वेब पेज व्यवस्थापन गर्ने र क्रमबद्ध गर्न इन्टरनेट सर्च इञ्जिन बनाउने विचार अघि सारे ।

सुरुमा ब्याकरब भनिएको यो स्टार्टअप अहिले संसारको सबैभन्दा मूल्यवान र प्रभावशाली कम्पनीमध्येको एक गुगल बन्न पुग्यो ।

Agni Group

गुगलका प्रडक्ट जिमेल र सर्च अहिले विश्वभर अर्बौं मानिसले प्रयोग गर्छन् भने, यसका सहसंस्थापकद्धय ल्यारी पेज र सर्गेई ब्रिन विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा छन् ।

सन् १९९८ यता गुगलमा लोगो मात्रै नभएर यसको क्षमता, प्रभावकारितालगायत निकै धेरै परिवर्तनहरू आएका छन् । अहिले गुगल इन्टरनेटमा अत्यावश्यक माध्यम बनेको छ । गुगलसँगै जिमेल, युट्युब, गुगल म्याप, प्लेस्टोर, गुगल मिट, गुगल क्लाउडलगायत कयौं यसका प्रडक्ट र सेवाहरू अर्बौ मानिसहरूले प्रयोग गरिरहेका छन् ।

Global Ime bank

आजको दिनसम्म इन्टरनेटमा सबैभन्दा बढी प्रयोग हुने, हेरिने वा चलाइने माध्यम पनि गुगल नै हो । सन् १९९५ देखि ०९६ को बीचमा ल्यारी पेज र सर्गेई ब्रिनले ब्याकरब नामक सर्च इन्जिन बनाउन काम गरेका थिए ।

सन् १९९८ मा गुगल नाम राखिएको स्टार्टअपले सन माइक्रोसिस्टमबाट एक लाख अमेरिकी डलर लगानी पाएको थियो । २०२३ मा आइपुग्दा गुगले जेनेरेटिभ एआई पावर्ड च्याटबट बार्ड ल्याएको छ ।

सन् २०२२ मा गुगलले करिब २८० अर्ब अमेरिकी डलर आम्दानी गरेको छ । गुगल दैनिक करिब साढे तीन अर्ब पटक हेरिन्छ भने, औसतमा मासिक करिब ८४ अर्ब पटक गुगल चलाइने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu