site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेलले गर्‍यो ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल आयोजना

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले १८औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ । यसअन्तर्गत शनिबार र आइतबार गरी चार खेल भए ।

एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’ अन्तर्गत वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरूप सेभेन ‘ए’ साइड फुटबल मैदानमा यी खेलहरू आयोजना गरेको हो ।

पर्पल किकअफमा चर्चित नेपाली कलाकार, भेटरान फुटबल खेलाडी, युवा उद्यमी, खेलकुद पत्रकार र स्थानीय युवा क्लबका खेलाडीहरूको सहभागिता थियो ।

शनिबारको पहिलो मैत्रीपूर्ण फुटबल खेल एनसेल टिम ‘ए’ र नेपाली युवा उद्यमी मञ्चबीच भएको थियो । एनसेल टिमका तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ पनि खेलेका थिए । यो खेलमा एनसेलले १–० ले जित हासिल गरेको थियो । एनसेलका तर्फबाट कप्तान प्रज्वल प्रजापतिले गोल गरेका थिए ।

शनिबारै भएको अर्को खेल भेटरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टिमबीच भएको थियो । दुवै टिममा विभिन्न चर्चित नेपाली कलाकारको सहभागिता थियो । आयुषमान जोशी, जेम्स प्रधान, जितु नेपाल, प्रेस्का उदास, रेमनदास श्रेष्ठ, सन्दीप क्षेत्री, अमन केसी, समृद्घि राई, त्रिचु राईलगायत कलाकारहरू रहेका थिए । अनिल गुरुङको टिमले ५–४ ले खेल जितेको थियो ।

आइतबार पहिलो खेल एनसेल टिम ‘बी’ र लैनचौर युवा क्लबबीच भएकोे थियो । क्लबले ४–१ ले जित हासिल गरेको थियो ।

आइतबार दोस्रो खेल नेपाल खेलकुद पत्रकार मञ्च र एनसेल टिम ‘सी’बीच भएको थियो । कोच अमन अधिकारीको नेतृत्वमा रहेको नेपाल खेलकुद पत्रकार मञ्चले ४–३ ले खेल जितेको थियो ।

‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदानलगायत कार्यक्रम पनि गरिने एनसेलले जनाएको छ । आफ्नो सिद्धान्तमा केन्द्रित रही नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई २००५ देखि यस कम्पनीले सेवा प्रदान गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro