site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१९औँ एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत जुडोमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार दुई खेलाडीको पराजयसँगै जुडोमा नेपालको यात्रा टुंगिएको हो ।

जियोसन लिन्पु जिम्न्याजियममाको पुरुष १०० केजीमाथि तौल समूहमा नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई प्रिक्वार्टरफाइनलमा कजाखस्तानका क्रिकबे गालिमजानले एक मिनेट सात सेकेन्डमा हराए ।

महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा हारिन् । प्रि–क्वार्टफाइनलमा आकृति म्याटमा मात्र २७ सेकेन्ड टिकिन् ।

जुडोमा नेपालबाट समान चार पुरुष/महिला गरी आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि, पुरुषमा विकास विक, जंगबहादुर सारु र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका थिए । महिलामा मनीता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पूर्णविराम लागेको थियो ।

सहभागीमध्ये विकासले मात्र एक ‘बाउट’ जिते । उनले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro