site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सन्दीपविरुद्धको मुद्दामा जिल्ला अदालतमा २९ पटक पेसी, १३ न्यायाधीश फेरिए 
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि काठमाडौं जिल्ला अदालतको ‘स्थगित’ सूचीमा पर्‍यो ।

गत वर्ष असोज ७ गते दर्ता गरिएको सन्दीपविरुद्धको मुद्दा अहिलेसम्म २९ पटक तारेखमा चढिसकेको छ । यो मुद्दामा काठमाडौं जिल्ला अदालतमा मात्र १३ न्यायाधीश फेरिइसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसबीचमा ‘गौशाला २६’ को स्वास्थ्य जाँच गर्ने नभएर अर्कै चिकित्सकको बयान लिएको पाइएको छ । सन्दीपका तर्फबाट गौशाला २६ नाबालिग नभएको भन्दै पेस गरिएको जन्मदर्ता प्रमाणपत्र नक्कली प्रमाणित भइसकेको छ ।

पीडित गौशाला २६ की आमाको जन्ममिति यकिन गर्ने आदेश पनि अदालतबाट भएको छ । पहिलेको जन्मदर्ता नक्कली प्रमाणित भइसकेपछि गौशाला २६ बसाइँ सर्नुअघि अर्थात् जन्मिएको पालिकाबाट जन्मदर्ता यकिन गर्ने आदेश समेत भएको छ ।

Global Ime bank

जिल्ला अदालतमा अन्तिम सुनुवाइका लागि भन्दै तोकिएको पेसी सरेको मात्र यो चौथोपटक हो । सन्दीपलाई सुरुमा पुर्पक्षका लागि थुनामा पठाउने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश उच्च अदालतबाट खारेज भएको थियो । उच्च अदालतबाट खेलजीवन र विदेश यात्राका लागि लगाइएको प्रतिबन्ध पनि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले खारेज गरेको थियो ।

त्यससँगै सर्वोच्चबाट छिटो सुनुवाइ गर्ने आदेश गरिएको थियो । तर, जिल्ला अदालतबाट सुनुवाइ अघि बढ्न सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !