site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी नामकरण ठिक छ, एमालेलाई धेरै समस्या छैन : मुख्यमन्त्री कार्की
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

सुन्दरहरैँचा (मोरङ) । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा (एमाले)का अगाडि धेरै समस्या नरहेको बताएका छन् ।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्घ (पीपीएलए)को कोसी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले कोसीमा एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्र रहेको दाबी गरे ।

मुख्यमन्त्री कार्कीले भने, “कोसी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरूक्क उठ्नुपथ्र्यो, त्यसरी उठेन । बरू एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो ।”

तत्कालीन प्रदेश नं १ को कोसी नामकरण ठिक भएको तथा यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे ।

कोसी नामकरणविरूद्ध जबर्जस्ती आन्दोलन उठाइएको बताउँदै उनले स्थानीयस्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीको सहयोगमा काठमाडौंदेखिका मानिस ल्याउन थालिएको दाबी गरे । उनले यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको आरोपसमेत लगाए ।

मुख्यमन्त्री कार्कीले कोसी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरूले आ–आफ्नो धारणा सार्वजनिक गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा प्रस्ट नआएकामा आश्चर्य व्यक्त गरे । सो अवसरमा कोसी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कानुन व्यवसायी सहभागी थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  २२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro