site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटन पूर्वाधार निर्माणमा पाँच करोडका योजना
फाइल तस्बिर।

म्याग्दी । अन्नपूर्ण गाउँपालिकामा पर्यटनसम्बन्धी योजना तथा कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा रु पाँच करोड विनियोजन गरिएको छ । पर्यटन पूर्वाधार निर्माण, प्रचार–प्रसार र प्रवर्द्धनका लागि सो बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

पर्यटक आगमन बढाउन पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा गाउँपालिका, सङ्घीय र प्रदेश सरकारबाट रु पाँच करोड नौ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

“पर्यटनमार्फत गाउँपालिकालाई चालु आर्थिक वर्षमा रु एक करोड ३० लाखभन्दा बढी आम्दानी भइसकेको छ,” उनले भने, “साउन र भदौमा मात्र दुई हजार ६९९ पर्यटकले गाउँपालिकाका पर्यटकीयस्थलको भ्रमण गरेका छन् ।”

अध्यक्ष पुनका अनुसार सङ्घीय सरकारबाट रु दुई करोड पाँच लाख, गाउँपालिकाबाट रु एक करोड ७४ लाख र प्रदेश सरकारबाट रु एक करोड ३० लाख बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारबाट विशेष अनुदान प्राप्त रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ ।

सङ्घीयबाट रु ५०–५० लाख ससर्त अनुदान प्राप्त भुरुङ र सेकार्कु तातोपानीमा पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप रु ५०–५० लाख विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारको करिब रु एक करोडको लागतमा भुरुङ तातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जोड्ने झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता गरिसकेको छ ।

सङ्घीय सरकारको रु १५ लाख र गाउँपालिकाको रु १६ लाख बजेटमा खोपारा लेकमा पूर्वाधार बनाउन सम्झौता भइसकेको छ । गण्डकी प्रदेश सरकारले खोपारामा थप रु २० लाख विनियोजन गरेको छ । सो गाउँपालिकाका पर्यटकीयस्थलको नक्साङ्कन गर्न रु १५ लाख, अन्नपूर्ण आधार शिविरको पर्यटन गुरुयोजना बनाउन रु १५ लाख, समग्र पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमका लागि रु आठ लाख, पोर्टर, टे«किङ गाइडसम्बन्धी तालिमका लागि रु १५ लाख विनियोजन गरिएको छ ।

पर्यटकीयस्थलहरूको जानकारीमूलक ब्रोसर बनाउन रु दुई लाख र सूचना बोर्ड बनाउन रु पाँच लाख विनियोजन गरिएको छ । गाउँपालिकाले विनियोजन गर्न बाँकी बजेटबाट अन्नपूर्ण आधार शिविर जाने पदमार्ग र पूर्वाधारका लागि थप रु ७० देखि ८० लाख बजेट प्रस्ताव गरेको अध्यक्ष पुनले जानकारी दिए ।

भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट रु एक करोड ३० लाख बढी राजस्व उठेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

अन्नपूर्ण हिमाल, अन्नपूर्ण आधार शिविर, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोपारा, करवाकेली, खयरभारानी ताल, तातोपानी कुण्ड रहेको अन्नपूर्ण गाउँपालिका अन्नपूर्ण चक्रीय, अन्नपूर्ण धवलागिरि सामुदायिक पर्यावरणीय र करवाकेली पदमार्गमा समेटिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro