site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको संविधान परिवर्तन गर्नुपर्छ : विप्लव
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको संविधान परिवर्तन गर्नुपर्ने बताएका छन् । जनताको चाहनालाई प्रतिविम्वित नगरेकाले नेपालको संविधान परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

महासचिव विप्लवले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन् । सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति थियो ।

महासचिव विप्लवले नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चामा आफूहरुले भाग लिएको पटकपटक दोहो¥याए ।

शनिबार काठमाडौंमा आयोजित ‘संविधान, समाजवाद र मानवअधिकार’ विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उनले मोर्चाले सबै कम्युनिष्टहरुलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यकता समेत औँल्याए । महासचिव विप्लवले देशको माया गर्ने, जनताको माया गर्ने सबैले कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro