site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'बेकोको सौगात, सम्बन्ध प्रगाढ' अफर सार्वजनिक

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले दशैं–तिहारलाई लक्षित गर्दै 'बेकोको सौगात, सम्बन्ध प्रगाढ' नामक अफर योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

जसअनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजीको एरिअल म्याटिक वासिङ पाउडर उपहार पाइनेछ ।

यस्तै, डिसवासरको खरिदमा दुई प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार मिल्ने कम्पनीले जनाएको छ ।

सिंगल डोर रेफ्रिजिरेटरमा चोप्पर, डबल डोर रेफ्रिजिरेटरमा इलेक्त्रिक किटली र मल्टी डोर रेफ्रिजिरेटरमा इलेक्ट्रिक प्रेसर कुकर उपहार पाइन्छ भने कुकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन)को खरिदमा प्रेसर कुकर र एअर कन्डिसनर को खरिदमा फ्री इन्स्ट्लेसन पाइने कम्पनीले जनाएको छ ।

यसका साथै समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी र फ्री इन्स्टलेसन सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो योजना भदौ २७ देखि सीमित अवधिका लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

यस्तै, शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना सामान फेरबदल र सीजी लोयल्टी क्लबको रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुर स्थित होटेल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro