
काठमाडौं । डिजिटल सुदृढीकरणका लागि ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एसियाका शिक्षामन्त्रीको संगठन (सीमइयो)ले ‘सिड्स फर द फ्युचर समिट–२०२३’ को आयोजना गरेको छ ।
ह्वावेको पहलमा एशिया–प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिको लागि ‘कनेक्ट, कल्टिभेट, कन्ट्रीब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसियाप्यासिफिक’ भन्ने नाराका साथ समिट आयोजना भएको हो ।
‘सिड्स फर द फ्युचर समिट–२०२३’ मा १९ एसिया–प्यासिफिक देशका ९१ बहुप्रतिभाशाली सहभागी भएको कम्पनीले जनाएको छ ।
यो शिखर सम्मेलनमा प्रविधि र सांस्कृतिक आदान प्रदानक, ह्वावेको विश्व–स्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरूको भ्रमणका साथै परम्परागत र आधुनिक चीनको अनुभव समावेश रहेको कम्पनीले जनाएको छ ।
समिटबारे ह्वावे एसिया प्यासिफिकका अध्यक्षश्री साइमन लिनले भनेका छन्, “ह्वावेले ‘सिड्स फर द फ्युचर समिट’ आयोजना गरेको यो तेस्रो बर्ष हो । हरेक वर्ष, हामी केहीनयाँ, थप साझेदारहरू सामेल भएसँगै यो कार्यक्रम सशक्त बन्दै गएको छ ।”
ह्वावेको पहलमा संचालित ‘सीड्स फर द फ्युचर’ भविष्यका डिजिटल क्षेत्रका नेतृत्वकर्तालाई प्रविधि र अन्तर–सांस्कृतिक अनुभवका साथै टेक फर गुड परियोजनामार्फत सामाजिक समस्यालाई सम्बोधन गर्न सहयोग प्रदान गर्ने लक्ष्यका साथ सञ्चालित रहेको कम्पनीले जनाएको छ ।