site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
'माइडियाको उत्सव र उमंग, उपहारसँग सबै दंग' अफर सार्वजनिक

काठमाडौं । माइडिया घरायसी उपकरण ब्रान्डले 'माइडियाको उत्सव र उमंग, उपहारसँग सबै दंग' नामक अफर ल्याएको छ । ब्रान्डको आधिकारिक वितरक चौधरी ग्रुपले यो अफरको घोषणा गरेको हो ।

यसअन्तर्गत माइडियाको ६, सात  र आठ किलो १०० सिरिजका वासिङ मेसिनको खरिदमा ६ केजी एरिअल प्याक मिल्ने कम्पनीले जनाएको छ ।

Argakhachi Cement Island Ad

यस्तै, आठ किलोभन्दा माथिका २०० सिरिजका वासिङ मेसिनको खरिदमा माइडियाको इन्डकसन कुकटप (१६०० वाट), डबल डोर रेफ्रीजिरेटरको खरिदमा आइरन, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (२००० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट उपहार रहेको कम्पनीले बताएको छ ।

योजना भदौ २८ गतेदेखि नेपालभर सीमित अवधिको लागि लागु गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २२:२२
प्रतिक्रिया दिनुहोस्