देश
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सात बुँदे सहमति भएसँगै आइतबारबाट देशभर बन्द रहेका विद्यालय खुल्ने भएका छन् ।
सहमतिको सातौँ बुँदामा "नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौ केन्द्रित सबै किसिमका कार्यक्रमहरू आजको मितिबाट स्थगित गरी सार्वजनिकलगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्ने" उल्लेख छ ।
देशभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा भेला हुँदा पछिल्लो दुई दिनयता अधिकांश सामुदायिक विद्यालय बन्द गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १८:३५
प्रतिक्रिया दिनुहोस्