site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विमानस्थल आसपास ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने
SkywellSkywell

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने भएको छ ।

शुक्रबार विमानस्थलले एक सूचना जारी गर्दै यस्तो कार्य नगर्न समेत आग्रह गरेको छ । अटेरी गरे कानुनअनुसार कारबाही हुने विमानस्थलले जनाएको छ ।

केही दिन पहिले एयर इन्डियाको जहाज काठमाडौं–दिल्ली उडानको लागि टेकअफ गर्दा ड्रोन देखिएको थियो । त्योभन्दा पहिला विमान ल्यान्ड गर्दा पनि कोटेश्वरबाट लेजर लाइटको बिम हानेको थियो । यस्ता घटना बारम्बार आउन थालेपछि विमानस्थलले यस्तो गतिविधिमा कडाइ गरेको हो ।

KFC Island Ad
NIC Asia

विमानस्थलको करिब पाँच किलोमिटर भित्र र ग्राउन्डबाट हजार फिट ड्रोन, चङ्गा अथवा बेलुन उडाउँदा उडान सुरक्षामा चुनौती हुने भन्दै विमानस्थलले कडाइ गरेको हो ।

यस्ता गतिविधिले पाइलटलाई अलमल्ल बनाउने र जहाजसँग ठोकिएर दुर्घटना हुने सम्भावना भएको भन्दै विमानस्थलले कडाइ गरेको हो ।

Royal Enfield Island Ad

विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडान गरेमा ड्रोन कब्जा हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

ड्रोन उडानको लागि के छ प्रावधान ?
‘ड्रोन उडानसम्बन्धी कार्यविधि २०७५’ अनुसार जुनसुकै उद्देश्यले प्रयोग गरिने ड्रोन नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता गरेर ‘उडान उपकरण दर्ता नम्बर’ लिनुपर्नेछ ।

२०० फिटसम्मको ड्रोन उडान अनुमतिका लागि कागजातसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा र अन्यको हकमा नेपाल सरकार, गृह मन्त्रालयमा निवेदन दिनु पर्नेछ ।

जिल्ला प्रशासन कार्यालयले ड्रोन उडान अनुमति जारी गर्दा उक्त जिल्लामा नागरिक उड्डयनसम्बन्धी कार्यालय रहेको भए सो कार्यालयसँग समन्वय गरी मात्र उडान अनुमति दिन्छ ।

image(2)-1695384957.png

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro