site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालको चिन्ता– नेताहरूमा देश हाँक्ने संकल्पको अभाव भयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दल र नेतामा देश हाँक्ने संकल्पको अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायीको महासंघको  महाधिवेशनमा उनले देश बनाउने भावनाको अभाव भएकाले मुकलुमा समस्या देखिएको बताए । 

“हाम्रा यी सबै समस्याका कारण के हुन् ? म के ठान्दछु भने देश हाँक्ने, देश बनाउने संकल्पको अभाव छ । देश बनाऔँ भन्ने भावना जति मात्रामा हुनुपर्थ्यो, त्यसको अभाव छ,” उनले भने, “कसैगरी सत्तामा पुगौँ र लाभको निम्ति प्रयोग गरौँ भने भावना व्यापक छ  । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले कम्युनिस्टहरूले नै जनताको समस्या बुझ्ने दाबी पनि गरे । 

“कम्युनिस्टहरू नै समस्या बुझ्न मेहनत गर्छन् । समस्याको गहिराइमा जान चाहन्छन् । कारण खोजी गर्छन्,” उनले भने, “समाधानका उपायहरूको खोजी गर्छन् ।”

Global Ime bank

उनले राजनीतिक आफ्ना उनले राजनीति दल र तीनका नेताले आफ्ना कमिकमजोरीको गहन मनन गर्नुपर्ने बताए । 

अध्यक्ष नेपालले संकटका बादल मडारिएको भन्दै के–के पक्षले काम गरिरहेको छ भन्ने राम्ररी अध्ययन गर्नुपर्ने बताए । 

उनले विगतमा भएका राम्रा कुरालाई राम्रो भन्न सक्नुपर्ने पनि बताए । उनले भिजन भएको व्यक्ति नेता हुनै नसक्ने बताए । तर, सिद्धान्त र व्यवहारको तालमेल मिले मात्रै अघि बढ्न सकिने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement