site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारत र क्यानडाबीच तनाव बढ्दा अमेरिकाले भन्यो– भारतले विशेष छुट पाउँदैन

बीबीसी । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवनले खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्याका सम्बन्धमा भारतलाई कुनै ‘विशेष छुट’ नदिने बताएका छन् । निज्जरको हत्यालाई लिएर क्यानडा र भारतबीच तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाकार सुलिवनले उक्त कुरा बताएका हुन् ।
 
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतको हात रहेको बताएपछि अहिले क्यानडा र भारतबीच तनाव बढिरहेको छ । तनाव बढिरहेका बेला सुलिवनले निज्जरको हत्यालाई लिएर उच्च तहमा भारतीय अधिकारीहरूसँग अमेरिकाले सम्पर्क गरिरहेको बताएका छन् । 

“यसप्रकारको कामको लागि तपाईंले कुनै विशेष छुट पाउनु हुन्न । देशको मतलव नगरी हामी खडा हुन्छौं र आधारभूत सिद्धान्तहरूको रक्षा गर्छौं । हामी क्यानडाजस्तो सहयोगीसँग नजिक रहेर काम गर्छौं, किनकी यस घटनामा जाँच तथा कूटनीतिक प्रक्रिया क्यानडाले अघि बढाएको छ,” ह्वाइट हाउसमा सञ्चाकर्मीसँग सुलिवनले भने ।
  
पछिल्ला दिन अमेरिका भारतसँग सम्बन्ध राम्रो बनाउन खोजिरहेको छ । यसवर्षको सुरुमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा गएका थिए । अहिले अमेरिकालाई निज्जरको हत्याले भारतसँगको सम्बन्ध बिग्रिने चिन्ता छ । 
यस विषमा सुलिवनले जुनसुकै देश प्रभावित भए पनि अमेरिका आफ्नो सिद्धान्तको लागि खडा हुने स्पष्ट पारेका छन् । यस घटनामा अमेरिकाले भारत र क्यानडा दुवै देशसँग कुरा गरिरहेका समेत बताएका छन् । 

अमेरिकी सञ्चारमाध्यममा अमेरिकाले क्यानडासँग दूरी बढाइरहेको भन्ने आशयका समाचार आएपछि उनले क्यानडासँग कुनै मतभेद नरहेको स्पष्ट पारेका छन् । “म अमेरिका र क्यानडाबीच मतभेद छ भन्ने कुरालाई अस्वीकार गर्छु । जुन आरोप क्यानडाले लगाएको छ त्यसमा हामी चिन्तित छौं । हामी चाहन्छौं यो जाँच अघि बढ्नुपर्छ र अपराधिलाई दोषी ठहर गर्नुपर्छ,” उनले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro