site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
सहारा क्लबको मेलवर्न शाखा गठन

सिड्नी । पोखराको बसपार्कबाट खेलुकद र परोपकारी अभियानलाई अघि बढाउँदै अन्तर्राष्ट्रिय स्तरमा आइपुगेको सहारा क्लबको मेलवर्न शाखा पनि गठन भएको छ । 

बेलायत, हङकङ र अस्ट्रेलियासम्म फैलिएको सहारा अष्ट्रेलियाले क्लबलाई अस्ट्रेलियाको सबै राज्यमा अगाडि बढाउने नीतिबमोजिम भिक्टोरिया राज्यको मेलबर्नमा शाखा विस्तार गरिएको क्लबका अध्यक्ष सिद्धार्थ पौडेलले बताए । 

सहारा मेलबर्न गठन गर्दा क्लबको गतिविधि र यसको प्रभाव बढाउनु नै यसको प्रमुख उद्देश्य रहेको अध्यक्ष पौडेलले बताए । 

सहारा मेलबवर्नमा सज्जन शर्मा र सागर शाहीको संयुक्त नेतृत्वमा पुस्कर कार्की, सुन्दर कार्की, नवीन प्रधान, विक्की कार्की, सौगात कार्की, नितिन श्रेष्ठ र रविन्द्रराज रेग्मी रहेका छन् । 

सहारा अस्ट्रेलियाले सिड्नीमा प्रत्येक वर्ष सहारा कप फुटबलका साथै विविध सामाजिक कार्यमा हात अघि बढाउँदै आएको छ । 

‘‘सहारालाई अस्ट्रेलियाको सबै राज्यमा पुर्‍याउने हाम्रो उद्देश्य हो, सहारा क्लबका असल कर्मको लागि निकट भविष्यमा पनि अन्य राज्यमा गठन गर्ने तयारी भइरहेको छ,’’ कोषाध्यक्ष कल्याण खड्काले बताए । 

हुन त एन्फा अस्ट्रेलियाले समेत अन्य राज्यमा शाखा विस्तार गर्न नसकेको परिप्रेक्ष्यमा सहाराको विस्तारलाई निकै महत्त्वका साथ हेरिएको छ ।
 
बेसहाराहरूको सहारा बनेर पोखराबाट खेलुकदमा चम्किएको सहाराले आफ्नै एकेडेमी चलाउनुका साथै मोफसलको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपलगायत विविध सामाजिक काम गर्दै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro