site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय प्रधानमन्त्री मोदीलाई मोरिससको सर्वोच्च सम्मान

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोरिसस को सर्वोच्च सम्मान पाउने भएका छन् । मोरिसस का प्रधानमन्त्री नवीनचन्द्र रामगुलामले प्रधानमन्त्री मोदीलाई आफ्नो देशको सर्वोच्च सम्मान 'द ग्रान्ड कमान्डर अफ द अर्डर अफ द स्टार एन्ड की अफ द इन्डियन ओसन' प्रदान गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री मोदी यो सम्मान पाउने पहिलो भारतीय हुन् । यो कुनै पनि देशले प्रधानमन्त्री मोदीलाई दिएको २१औँ अन्तर्राष्ट्रिय पुरस्कार हो ।

घोषणा गर्ने क्रममा मोरिसस का प्रधानमन्त्री रामगुलामले यो सम्मान मोदीका लागि निकै उपयुक्त हुने बताएका थिए । मोदीले मोरिसस र भारतको सम्बन्ध थप बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

उनले मोरिसस गणतन्त्र भएयता यो सम्मान नेल्सन मन्डेलासहित पाँचजना विदेशीले मात्र पाएको पनि बताए ।

१२ मार्च १९६८ मा भारतीय मूलका सर सिवुसागुर रामगुलमको नेतृत्वमा मोरिसस ले बेलायती शासनबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा मंगलबा मोरिसस गएका थिए । मंगलबार दिउँसो उनले मोरिसस का राष्ट्रपति धरम गोखुललाई भेटेका थिए ।

सन् २०१५ पछि भारतीय प्रधानमन्त्रीको यो दोस्रो मोरिसस भ्रमण हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro