site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीडीओ भन्छन्– स्थानीयले बीच बाटोमै मूर्ति छोडेर हिँडे, निकासका लागि छलफल हुँदै छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मूर्ति विसर्जन अझै हुन नसकेको बताएको छ । विसर्जन गर्ने ठाउँ नजिकै स्थानीयले मूर्ति छोडेर हिँडेका छन् । 

“स्थानीयले मूर्ति बाटोमै छोडेर हिँडेका छन् । उक्त स्थानमा अहिले प्रहरी तैनाथ छ,” प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बाह्रखरीसँग भने, “मूर्ति कसरी बिसर्जन गर्ने भन्ने विषयमा अहिले केही समयमा सरोकारवालालाई बोलाएर  छलफल गर्दै छौँ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

मूर्ति विसर्जनका विषयमा बिहीबार पुनः झडप हुँदा एक प्रहरीसहित पाँचजना घाइते भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । “मलंगवाकै ७ नम्बर वडाको मुसेरीमा एकजनामाथि चक्कु प्रहार भएको छ,” उनले भने, “यो मूर्ति विसर्जनको विषयमा भएको झडपस्थलको घटना नभए पनि विषय भने यही भएको भन्नेछ ।” 

विवाद बढ्दै गएपछि जिल्ला प्रशासनले पुनः अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

Global Ime bank

मूर्ति सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर मलंगवा नगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुंगामुुढा प्रहारलगायत घटना भएपछि निषेधाज्ञा जारी गरिएको हो । 

मलंगवा नगरक्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा, घटना के थियो ?

पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोल पम्म) सीमा क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ । बिहीबार राति १० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । 

कृष्ण जन्माष्टमी भदौ २२ गते मूर्ति विसर्जनका क्रममा सदरमुकाम मलंगवामा दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको थियो । उक्त विषय अझै टुंगोमा पुगेको छैन । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय