site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलंगवा नगरक्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा, घटना के थियो ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । 

मूर्ति सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर मलंगवा नगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुंगामुुढा प्रहारलगायत घटना भएपछि निषेधाज्ञा जारी गरिएको हो । बिहीबार साँझ भएको झडपमा केही स्थानीय घाइते भएका छन् । प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको थियो ।

पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोल पम्म) सीमा क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ । 

बिहीबार राति १० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । 

कृष्ण जन्माष्टमी भदौ २२ गते मूर्ति विसर्जनका क्रममा सदरमुकाम मलंगवामा दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro