site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
कोसीमा उद्यमशीलता प्रबर्द्धन गर्न २० करोड रुपैयाँ लगानी प्रस्ताव
Ghorahi CementGhorahi Cement

विराटनगर । कोसी प्रदेशका विभिन्न आठवटा क्षेत्रका नवउद्यमीहरूको उद्यमशिलताको विकास र प्रबर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबरको थप लगानीको प्रतिबद्धता भएको छ । प्रदेश राजधानी विराटनगरमा बिहीबार आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा यस्तो प्रतिबद्धता प्राप्त भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको कोसी प्रदेशको सहकार्यमा आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेड, प्रदेश लगानी प्राधिकरण, नेपाल कृषि बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्टलगायतको सहभागितामा आयोजित लगानी सम्मेलनमा चिया, माछा, अलैँची, अचारलगायतका कृषि क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना गरेका नवउद्यमीहरूलाई आवश्यक पर्ने थप लगानीको प्रतिबद्धता प्राप्त भएको हो ।

सम्मेलनमा सहभागी फन्ड म्यानेजमेन्ट क्षेत्र सम्बद्ध संस्थाहरूले नेपालमै बसेर नवउद्यम प्रबर्द्धनमा लागेका उद्यमीहरूलाई थप प्रोत्साहन गर्ने उदेश्यले आवश्यक लगानीको प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा आध्यन्त फन्डअन्तर्गत आठ महिनाको अवधिमा उद्यम प्रबर्द्धन गरिएका आठजना नवउद्यमीहरूले आफ्नो उद्यमशीलताको क्षेत्र, लगानी र अवसरहरूबारे जानकारी गराएका थिए ।

Agni Group

इलामको रक्तकाली टी–स्टेट प्रा.लि.का दिनेश माझी, विराट समूहका विष्णु आचार्य, दिव्यदृष्टि वेनेरेसन एन्ड एग्रो कन्सर्न प्रालि विष्णु पोखरेल, शिवबाबा आचार जुस उद्योग दिनानाथ सिवाकोटी, एग्री सेन्टर प्रा.लि. झापाका चन्द्रप्रसाद बस्नेत, मोङ्सुद कृषि फर्म प्रालिका रोबिन राई, रिभर्स भेण्डिङ मेसिन नेपाल प्रा.लि. जोसेफ श्रेष्ठ र खेतीपाटी अर्गानिक्स प्रकृति गौतमले आफ्नो प्रस्तुति दिएका थिए । 

आध्यन्त एक्सेलरेटर कार्यक्रम अन्तरगत दश जना उद्यमीहरूले आफ्नो व्यवसाय निर्माण र विस्तारका विभिन्न क्षेत्रमा तालिम प्राप्त गरेका छन् । उनीहरूमध्ये आठ जनाले उद्यमीहरूले आफ्नो उद्यमबारे जानकारी गराएका थिए । 

Global Ime bank

कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकका राजनीतिक स्थायित्व नभएका कारण आर्थिक क्षेत्रको विकाससमेत प्रभावित भएको बताए । उनले भने, “सबै क्षेत्रको सहयोगमा कृषि र पर्यटन क्षेत्रलाई अघि बढाउनुपर्छ । प्रदेशमा कृषि क्षेत्रका विभिन्न उपक्षेत्रहरूलाई लगानी बढाउँदै लैजान प्रदेश सरकार सबैसँग सहकार्य गर्न तयार छ ।”

उनले हिमाली भेगका उत्पादन हुने उच्च मूल्यका विशेष उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनका सरोकारवालाहरूले नयाँ योजनाहरू अघि सानुपर्ने सुझाव दिए । 

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्यमशीलताको विकास र नविनतम् खोजलाई प्रबर्द्धन गर्दै उनीहरूको क्षमता विकासमा निजी क्षेत्रले सधैँभरी सहयोग गर्दै आइरहेको बताउँदै भने, “राम्रो योजना बनाएर काम गर्न चाहने युवा तथा महिला उद्यमीहरूलाई महासंघले समेत प्रोत्साहित गरिरहेको छ ।”

स्वदेशमै उद्यमशीलताको विकास भएको खण्डमा असंगठित विदेशी लगानीसमेत निरुत्साहित भई रोजगारी प्रबर्द्धनमा मद्दत पुग्ने उनको भनाइ छ । 

आध्यन्त फन्डका अध्यक्ष यज्ञप्रसाद न्यापानेले स्वदेशमै उद्यमशीलताको विकासले विदेशी मुद्राको समग्र सञ्चय हुने, रोजगारी वृद्धि हुने, राज्यले थप कर प्राप्त गर्ने र मुलुकको ग्राहस्त उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने बताए ।

सहज परियोजनाकी टिम लिडर रीमा श्रेष्ठले दृढ विश्वासका साथ अघि बढ्न चाहने नवउद्यमीहरूलाई सबै क्षेत्रबाट सहयोग र प्रोत्साहन हुनुपर्ने बताइन ।

आद्यन्त फन्डका संस्थापक एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य मनोज पौडेलले उद्यमीहरूलाई सुरुवाती र त्यसपछि उद्यमलाई थप वृद्धि गर्न आवश्यक सहयोग आद्यन्तले गर्दै आइरहेको जानकारी दिए । 

प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले उद्योग र उद्यमशीलताको क्षेत्रमा अपार सम्भावनाको खोजी आवश्यक रहेको बताउँदै भने, “कृषि र पर्यटनको क्षेत्रमा सरकारको तर्फबाट प्रोत्साहन समेत हुने गरेकाले नवउद्यमीहरूले इमान्दारिताका साथ काम गर्दै मुलुकको आर्थिक विकासको नेतृत्व गर्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
 किसानलाई दिएको आश्वासन पूरा गर !
 किसानलाई दिएको आश्वासन पूरा गर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu