site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
कोसीका उद्योगी व्यवसायीको प्रश्न– आर्थिक सुधारको लागि अब के गर्ने ?
Ghorahi CementGhorahi Cement

विराटनगर । आर्थिक तथा राजनीतिक क्षेत्रका संरचनाको सुधार गरेमात्र दिगो आर्थिक वृद्धि प्राप्त हुनसक्ने कोसी प्रदेशका उद्योगी व्यवसायीले निष्कर्ष निकालेका छन् ।

उद्योग संगठन मोरङको आयोजनामा बिहीबार विराटनगरमा आयोजित आर्थिक सुधारको लागि अब के गर्ने ? विषयक छलफलका सहभागीले आर्थिक क्षेत्र सुधारका निम्ति राज्य र निजीक्षेत्र उत्तिकै जिम्मेवार रहेको बताए ।

संगठनका अध्यक्ष राकेश सुरानाले युवाहरूको विदेश पलायन डरलाग्दो रूपमा बढ्नु, सरकारका मन्त्रालयहरुबीच कार्यगत समन्वय नहुनु र सम्पत्ति शुद्धीकरणको नाममा व्यवसायीलाई दुःख दिने मनसाय राख्नु अहिलेको विषम परिस्थितिको सूचक भएको सुनाए । 

Agni Group

उनले भने, “अहिलेको आर्थिक संकटको निकासका लागि राज्य बढी उत्तरदायी हुनुपर्छ ।”

अर्थशास्त्री डा. भेषप्रसाद धमलाले आर्थिक तथा राजनीतिक क्षेत्रको संरचनागत सुधार आवश्यक रहेको चर्चा गरे । 

Global Ime bank

“सरकार अहिले रेमिट्यान्स बढेपछि अर्थतन्त्रले लय समायो भनिरहेको छ तर औद्योगिक, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य र राजनीतिक क्षेत्रमा समेत संरचनागत सुधार आवश्यक छ,” उनले भने, “राजस्वले ६० प्रतिशत बजेट विनियोजनको भार थेग्ने भएपनि सरकारले अपेक्षा गरेअनुरुप उठ्न सकेको छैन ।” 

अर्थशास्त्री बेदराज आचार्यले औद्योगिक र व्यापारिक क्षेत्रमा सक्रिय एउटा समुदायलाई लक्षित गर्दै विरोध गर्ने खतरनाक परिपाटी विकास भएको बताए । 

उनले भने, “निजी क्षेत्रले निर्धक्क ढंगले काम गर्ने वातावरण सरकारले बनाउने हो ।” 

कार्यक्रमका सहभागीले देशको आर्थिक उन्नतिका लागि राज्यसँगै काँधमा काँध मिलाएर अघि बढ्न आफूहरु तयार रहेको तर त्यसको वातावरण बनाइनु पर्ने बताए ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
 किसानलाई दिएको आश्वासन पूरा गर !
 किसानलाई दिएको आश्वासन पूरा गर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu