site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गुगल म्यापले देखाएको बाटो जाँदा भत्किएको पुलबाट खसेर मृत्यु, परिवारले हाल्यो मुद्दा

काठमाडौं । अमेरिकाको उत्तरी क्यारोलिनामा गुगल म्यापले देखाएको बाटो हुँदै जाँदा भत्केको पुलमा खसेर एकजनाको मृत्यु भएको छ । परिवारले कम्पनीविरुद्ध लापरबाहीको मुद्दा दायर गरेको छ ।

फिलिप प्याक्सन नाम गरेका व्यक्ति २०२२ को सेप्टेम्बर ३० मा आफ्नो जिप ग्लेडिएटरसहित हिकोरीको स्नो क्रीकमा खसेका थिए ।

चिकित्सा बिक्रेता एवं दुई सन्तानका पिता प्याक्ससन आफ्नी छोरीको नवौँ जन्मदिनको पार्टीबाट अपरिचित सडकको बाटो हुँदै घर फर्किएका थिए ।

म्यापले ९ वर्ष अघि भत्किएको र मर्मत नगरिएको पुल पार गर्न निर्देशन दिएको थियो । पार गर्ने क्रममा पुलबाट खसेर मृत्यु भएको बताइएको छ । 

त्यसपछि सेनाले पल्टिएको र आंशिक रूपमा डुबेको ग्लेडिएटर ट्रकमा प्याक्सनको शव फेला पारेका थिए । उनीहरूले भत्किएको सडकमा कुनै अवरोध वा चेतावनी चिन्ह नरहेको बताए ।

गुगलका प्रवक्ता जोसे कास्टानेडाले प्याक्सनको परिवारप्रति सहानुभूति प्रकट गर्दै मुद्दाको समीक्षा भइरहेको बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro