site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षा विधेयक स्वीकार्य छैन, शिक्षकले पढाइमा अवरोध गरे कारबाही हुन्छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विधेयकलाई स्वीकार गर्न नसकिने बताएका छन् । 

आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेको बताउँदै बालेनले शिक्षा विधेयक संवैधानिक प्रावधानविपरीत रहेकाले कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।

"शिक्षा विधेयकमा हाम्रो नि असहमति छ । लगभग दुई लाख ५० हजार हजार विद्यार्थी तथा १०,००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकाले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ । किन कि काठमाडौंको शिक्षाको नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्, छन्," बालेनले फेसबुकमा भनेका छन् ।

बालेनले शिक्षकहरूलाई विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध नगर्न पनि बनेका छन् । अन्यथा कानुनअनुसार कारबाही हुने बालेनको चेतावनी छ । 

"संघीय तहले प्रस्तुत गर्नुपर्ने  विधेयक संघीय संसद्‌मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो । संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधानविपरीत रहेकाले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यामिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ," बालेनले भनेका छन्, "तर यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुराउनुहोला । यस्ता अवरोध पुर्‍यानेहरूलाई कानुन (संविधान) अनुसार कारबाही हुने छ ।"
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro