site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती रहेको बताएका छन् । 

बुधबार काठमाडौंमा नेपाल रिटर्नी एसोसियसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, "संविधानमा समाजवाद स्थापना, भेदभाव, अन्यायको अन्त्य लगायतका सबै विषय समेटिएपनि संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती रहेको छ ।" 

नेपाली विशेषताको समाजवाद स्थापनाका लागि योजनाबद्ध रूपमा अघि बढ्ने, मौलिक हक जनतामा प्रदान गर्ने कुरामा निकै समस्या देखिएको उनले बताए । 

अध्यक्ष नेपालले बजेटमा रोजगारीसम्बन्धी कार्यक्रम राखे पनि वास्तविक रूपमा कार्यान्वयन हुन नसकेको धारणा राखे । 

संविधानमा उल्लेख गरेका कुराहरूलाई व्यवहारमा लागु गर्नका लागि सरकारलाई आह्वान गर्दै सरकारका राम्रा कामलाई सदैव साथ दिने जिकिर गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro