site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
दुई नम्बर प्रदेशका पाँच स्थानमा कांग्रेसको राजपासँग तालमेल
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच प्रदेश नम्बर २ का केही स्थानमा मात्रै चुनावी तालमेल हुने भएको छ । 

दुई दलबीच भएको सहमतिअनुसार कांग्रेसले राजपाका शीर्ष नेताहरुलाई सघाउने छ भने राजपाले धनुषा–३ मा बिमलेन्द्र निधि र राजमार्ग क्षेत्रमा पर्ने केही निर्वाचन क्षेत्रमा सघाउने छ । मंगलबार राति भएको सहमतिअनुसार कांग्रेस र मधेशवादी दलहरुबीच महोत्तरी, सर्लाही र धनुषाका पाँच निर्वाचन क्षेत्रमा चुनावी तालमेल नै भइसकेको राजपा महासचिव केशव झाले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

उनका अनुसार दुई दलबीच धनुषा–३, महोत्तरी–२ र ३ तथा सर्लाही–२ र ४ निर्वाचन क्षेत्रमा एक अर्कालाई चुनावमा सघाउने सहमति भएको हो । सहमति अनुसार धनुषा–३ मा राजपाले कांग्रेस नेता बिमलेन्द्र निधिलाई सघाउने भएको छ । कांग्रेसले महोत्तरी–२ मा शरदसिंह भण्डारी, महोत्तरी–३ मा महन्थ ठाकुर, सर्लाही–२ मा महेन्द्र राय यादव र सर्लाही–४ मा राजेन्द्र महतोलाई चुनावमा सघाउनेछ । 

राजपा महासचिव झाले नेताहरु अनिल झा र राजकिशोर यादवका निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्नेबारे कांग्रेससँग छलफल चलिरहेको जानकारी दिए । उनले राजपाका शीर्ष नेताहरु चुनाव लड्ने बाहेकका निर्वाचन क्षेत्रमा चुनावी तालमेल नगर्ने स्पष्ट पारे । ‘‘हाम्रा शिर्ष नेताहरु लड्ने ५–६ ठाउँबाहेक अरु ठाउँमा कांग्रेससँग चुनावी तालमेल हुँदैन,’’ उनले भने, ‘‘हाम्रा शिर्ष नेतालाई सघाएवापत हामीहरुले राजमार्ग क्षेत्रमा कांग्रेस नेतालाई सहयोग गर्छौं ।’’

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०७४  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro