देश

काठमाडौं । सर्लाहीमा एकथान नलकटुवा बन्दुक बरामद गरिएको छ । सोमबार बिहान ईश्वरपुर नगरपालिका–६, बयलबासबाट एक राउन्ड गोली ‘लोड’ भएको बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही ठाउँ बस्ने जितन साहको घरभित्र अज्ञात व्यक्ति प्रवेश गरेका थिए । स्थानीयले हो–हल्ला गर्दा ती व्यक्ति फरार भएका थिए । त्यसपछि घरअगाडि बाटोमा उक्त बन्दुक फेला परेको हो ।
फरार व्यक्तिको खोजी र थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८० १२:१८
प्रतिक्रिया दिनुहोस्