site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पूर्वी नाकाबाट पर्यटक आगमन ठप्प
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

झापा । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना)को महामारी फैलिएपछि वि.सं. २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी समाप्त भएपछि पनि भारतले काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटंकीको अध्यागमन कार्यालयले पर्यटकलाई नेपाल जाने अनुमति दिएको छैन ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार भारतको पश्चिम बङ्गाल राज्यको अध्यागमन जाँचचौकी (चेकपोस्ट) रानीगन्जले सीमावर्ती पानीटंकी नाकाबाट भुटानी, नेपाली विद्यार्थी र प्रवासी भारतीय नागरिक प्रमाणपत्र (ओसीआई) भएका पर्यटकलाई मात्र नेपाल जाने प्रवेशाज्ञा दिने गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“बंगलादेशमा पढ्न जाने नेपाली विद्यार्थी, भुटानी नागरिक र ओसीआई कार्ड होल्डरलाई मात्र नेपाल आउन दिने भारतीय अध्यागमनको नीतिका कारण काँकडभिट्टाबाट पर्यटक आगमन ठप्प भएको हो”, उनले भने, “विगतमा ठूलो संख्यामा तेस्रो मुलुकबाट पर्यटक यही नाका भएर भित्रिने गर्दथे । अहिले चलहलपहल ठप्पप्रायः छ ।”

भारतले प्रवेशाज्ञा नदिएका कारण बंगलादेश र अन्य तेस्रो मुलुकका पर्यटक काठमाडौं हुँदै पूर्वी नेपाल घुम्न आउने गरेका छन् । नेपाली पक्षले पूर्वीनाकाबाट पर्यटक भित्रिन भइरहेको अवरोध हटाउन उच्चस्तरीय पहल गर्न आवश्यक रहेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोसी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको भनाइ छ ।

Global Ime bank

पूर्वीनाका भएर नेपाल घुम्न आउने तेस्रो मुलुक तथा बंगलादेशी पर्यटकको आवतजावत ठप्प हुँदा कोसी प्रदेशको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको उनको भनाइ छ । अध्यगमन कार्यालय काँकडभिट्टाका अनुसार कोभिड सुरु हुनुअघि यो नाका भएर सबैभन्दा बढी बंगलादेशी पर्यटक आउने गरेका थिए ।
 
अध्यगमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले सन् २०२३ को जनवरी १ देखि हालसम्मा पूर्वीनाका भएर २१ देशका पाँच हजार १९७ जना पर्यटक नेपाल प्रवेश गरेका छन् । जसमध्ये तीन हजार ४१४ पुरुष र एक हजार ७८३ महिला रहेका छन् ।
 
भुटानबाट एक हजार ७२९, अष्ट्रेलियाबाट १२, बंगलादेशबाट १२, क्यानडाबाट सात, चीनबाट दुई, फिनल्यान्डबाट तीन, नेदरल्यान्डबाट तीन, फिलिपिन्स, रसिया, सिंगापुर र थाइल्यान्डबाट एक–एक, दक्षिण कोरियाबाट तीन, युकेबाट ११, यूएसएबाट २६ जना यो अवधिमा नेपाल घुम्न आएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय