site stats
बाह्रखरी :: Baahrakhari
देश
उच्च अदालतका सात न्यायाधीशको सरुवा

काठमाडौं । उच्च अदालतका सात र जिल्ला अदालतका पाँचजना न्यायाधीशको सरुवा गरिएको छ । न्याय परिषद्को आज बसेको बैठकले न्यायाधीशको सरुवा गरेको हो ।

बैठकले जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जनाले मात्र लिखित परीक्षा उत्तिर्ण गरेकोप्रति छलफल गरेको छ ।

Argakhachi Cement Island Ad

बैठकबारे कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भने, “२९ जनाका लागि  खुलाएको विज्ञापनमा जम्मा एकजना उत्तीर्ण भएको पाइयो । यसबारे पनि बैठकमा समीक्षा भएको छ ।”

गत २६ जेठमा न्याय सेवा आयोगले २९ जिल्ला न्यायाधीश माग गर्दै गरेको विज्ञापनमा २११ जनाले लिखित परीक्षा दिएका थिए ।

जसमध्ये पारसमणि पोखरेल मात्रै उत्तीर्ण भए । उनको अन्तर्वार्ता सोमबार हुनेछ । उनी न्याय सेवामा उपसचिव थिए । रासस

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्