site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङमा गाडीको ठक्करबाट बालकको मृत्यु, चारजना घाइते
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा आइतबार फोर्स गाडीको ठक्करबाट अटोमा सवार एक बालकको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका–१६ का १३ वर्षीय दामोदर भण्डारीको प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा घाइते भएका अटो चालकसहित चारजनाको सोही अस्पतालमै उपचार भइरहेको छ । 

लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले रा १ ह ४४५९ नम्बरको अटोलाई बिहान साढे ९ बजे ठक्कर दिएको थियो ।

दुवै सवारी साधनसहित गाडी चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro