site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग मागिने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको जनाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कार्यमा विदेशी निकायको सहयोग माग्ने विषय पहिलो प्राथमिकतामा रहेको उनले बताए । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर घोषणा गर्न बाँकी रहेको उनले उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले १८ वर्ष लागिसक्दा पनि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताए । खासगरी तीन दल माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एमाले) र अरू सबै पार्टीहरूसँग सहमति गरेर शान्ति प्रक्रियालाई टुंगो लगाउने प्रयास भइरहेको उनले जानकारी गराए ।

“भ्रमणमा प्रधानमन्त्रीले मुख्य कुरा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया भनेको यो नेपालको मौलिक चारचोटिसम्म निर्वाचन भइसकेपछि एकप्रकारले भन्यो भने कानुनले निश्चित गर्न मात्रै बाँकी हो कि त्यो शान्ति प्रक्रिया त सफल भइसक्यो,” उनले भने, “शान्ति प्रक्रिया सुरु भइसकेपछि चारवटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो । तर, फेरि यति ठूलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो । अरू काम भइसके । तर पनि यसलाई निस्कर्षमा पुर्‍याएर एकप्रकारले घोषणा गर्न बाँकी छ...।”

Global Ime bank

सरकारले थालेका मिटरब्याजीलाई कारबाही गर्ने, सुन प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणका विषय टुंगोमा पुर्‍याउन माओवादीले दबाब दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय