site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकता नियमावली पारित, सिँचाइ नीति स्वीकृत
फाइल तस्बिर ।

काठमाडौं । सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

Argakhachi Cement Island Ad

यस्तै, बैठकले सिँचाइ नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । 

साथै बैठकले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय गरेको उनले जानकारी दिइन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्