site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा एकजना ट्राफिकले व्यवस्थापन गर्छन् १,६४८ सवारीसाधन

काठमाडौं । चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा सडक अनुशासन उल्लङ्घन गर्ने एक लाख १७ हजार ४६८ जनालाई कारबाही गरिएको छ ।

सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को आज भएको बैठकमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चालु आवको हालसम्म सडक अनुशासन उल्लङ्घन गर्ने एक लाख १७ हजार चार सय ६८ लाई कारबाही गरिएको जानकारी दिए।

उनका अनुसार आव २०७८/७९ मा पाँच लाख चार हजार पाँच सय ९७ र आव २०७९/८० मा आठ लाख ९५ हजार ६१ लाई कारबाही गरिएको थियो । बैठकमा उपरीक्षक भट्टले एकजना ट्राफिक प्रहरीले एक दशमलव ८७ किलोमिटर सडक क्षेत्रमा करिब एक हजार ६४८ सवारीसाधन व्यवस्थापन गर्नुपरेको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्यक्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै पनि निर्णय गर्नुअघि प्राधिकरणसँग समन्वय गर्नुपर्ने निर्णय गरेको छ ।

प्रमुख शाहले परिषद्ले आफ्नो क्षेत्रभित्रको काम थालेको बताए । “यसअघि सङ्घीय र प्रदेश सरकार वा यातायात क्षेत्रको नियमन, व्यवस्थापन गर्ने कार्यालयले सञ्चालन गरेका वा निर्णय गरेका कामलाई सार्वजनिक लाभ र दिगोपनाको विश्लेषण गरेर नियमित सञ्चालन गरिने छ । विगतमा गरिएका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था तथा कार्यान्वयन भएका नीतिको नतिजालाई कार्यक्रम सञ्चालनको आधार बनाउन सकिन्छ,” उनले भने, “ऐनले प्रदान गरेका अधिकारमध्ये ९० प्रतिशत काम पालिकाले नियमित प्रक्रियाबाटै सञ्चालन गर्न सक्ने छन् ।”

बैठकले प्राधिकरणको कोष सञ्चालन सम्बन्धमा छलफल गर्दै सरकारले यातायात व्यवस्थापनका लागि यसअघि गर्दै आएको खर्च कोषमा जम्मा हुने प्रणाली विकास गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख एवं परिषद्का उपाध्यक्ष चिरीबाबु महर्जनले यातायात क्षेत्रको व्यवस्थापन गर्ने काममा दोहोरोपना रहेको बताए । उनले प्राधिकरण र परिषद्ले यस्ता दोहोरोपनालाई हटाउनुपर्नेमा जोड दिए ।

सङ्घीय राजधानी प्राधिकरणको काम कारबाहीलाई सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि कामपा प्रमुखको अध्यक्षतामा सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् रहने व्यवस्था छ । ललितपुर महानगरपालिकाका प्रमुख परिषद्को उपाध्यक्ष र भक्तपुर नगरपालिकाका प्रमुख परिषद्को सदस्य रहने व्यवस्था छ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  २२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro