site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माग पूरा गर्ने प्रतिबद्धतापछि कञ्चनपुरका आरक्ष पीडितको आन्दोलन स्थगित

काठमाडौं । सत्तारुढ गठबन्धनले माग पूरा गराउने प्रतिबद्धता जनाएपछि कञ्चनपुरका आरक्ष पीडितले धर्ना कार्यक्रम स्थगित गरेका छन् ।

गठबन्धनबाट संविधानसभा सदस्यसमेत रहेका सुदूरपश्चिम प्रदेशसभा सदस्य बहादुरसिंह थापाले माग पूरा गराउन आफूले पहलकदमी लिने र प्रधानमन्त्रीसँग भेटेर यथाशिघ्र आयोग गठन गराउने प्रतिबद्धता जनाएपछि पीडितहरूले रिले अनसन स्थगित हुन् ।

आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्टको नेतृत्वमा धर्नामा बसेका पीडितहरूसँग गठबन्धनका नेता एवं कञ्चनपुरका स्थानीय जनप्रतिनिधि थापाको टोली बिहीबार साँझ माइतीघर पुगेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र परराष्ट्रमन्त्री एनपी साउद स्वदेश फर्किएपछि उनीहरूसँग बसेर छलफल गराउने र आयोग गठन गराएर पुनर्स्थापनाको प्रक्रिया बढाउने प्रतिबद्धता जनाई अनसन तोडाएको हो ।

प्रदेश सांसद थापाले संघर्ष समितिका अध्यक्ष चन्द र सचिव भट्ट जुस पिलाएका थिए ।

आफ्नो पुनर्स्थापना माग्दै कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापित पीडितहरूले सोमबारदेखि काठमाडौंको माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका थिए ।

तत्कालीन आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका पीडितले राज्यबाट आश्वासनमात्रै पाइएको र २२ वर्षसम्म समस्या समाधान नभएको भन्दै पाँच बुँदे माग राखेका छन् ।

पीडितहरुले प्रतिपरिवार दश कठ्ठा जग्गा उपलब्ध गराउनुपर्ने, २०५८ देखि अहिलेसम्म २२ वर्षको क्षतिपूर्ति दिनुपर्ने, घरगोठलगायत खोसिएको सम्पत्तिको मुआब्जा दिनुपर्ने, पीडित परिवारका लागि शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीको ग्यारेन्टी गर्नुपर्ने, पीडित परिवारका बालबालिकालाई राज्यको मूलधारमा रोजगारी सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।

आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष चन्दले स्थानीय जनप्रतिनिधिबाट समस्या समाधानको सकारात्मक पहलकदमीलाई अनुशरण गर्दै अनसन तोडेको बताए । प्रदेश सांसद थापाले आन्दोलनरत पक्षलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग छ्लफल गराएर समस्या समाधान गराउने प्रतिबद्धता जनाए ।

अनसनमा बसेकाहरूलाई आन्दोलन स्थगितका लागि आग्रह गर्न कांग्रेस कञ्चनपुरका उपसभापति मीनबहादुर सिंह, क्षेत्र नम्बर २ का पार्टी सभापति लालबहादुर सिंह लगायतका नेता माइतीघर पुगेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro