अर्थ व्यवसाय

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट कुल १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बिहीबारको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
गत वर्ष बैंकले कुल १०.९८ प्रतिशत लाभांश दिएको थियो । जसमा १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश थियो ।
बिहीबार प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्ने छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० १९:३४
प्रतिक्रिया दिनुहोस्