site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो, १० हजार बेपत्ता
Tiktok banner adTiktok banner ad

काठमाडौं । पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या पाँच हजार ५०० पुगेको छ । सात हजारभन्दा बढी मानिस घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्रिपोलीस्थित आपत्कालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन संख्या अझै निर्धारण गर्न नसकिएको बताए । बाढीबाट प्रभावित क्षेत्रबाट शव निकाल्ने काम भइरहेको उनले उल्लेख गरे ।

बाढी प्रभावित क्षेत्रमा करिब १० हजार मानिस बेपत्ता भएका र ३० हजार बढी विस्थापित भएका बताइएको छ ।

प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीको समेत अभाव हुन थालेको छ । भूमध्यसागरीय आँधीपछिको बाढीका कारण पूर्वी लिबियामा ठूलो क्षति भएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro