site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डाक्टरमाथि कुटपिट : चिकित्सक संघले दियो ७२ घण्टे ‘अल्टिमेटम’

काठमाडौं । नेपाल चिकित्सक संघले हेटौँडाको सन्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट घटनाका दोषीलाई ७२ घण्टाभित्र कारबाही गर्न माग गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै संघले ७२ घण्टाभित्र कारबाही नगरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ बमोजिम दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

सन्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बुधबार दिउँसो सामूहिक कुटपिट गरिएको थियो । गएको साउन २२ गते सो अस्पतालमा भर्ना गरिएका र चितवनको भरतपुर अस्पतालमा रिफर भई उपचारका क्रममा साउन २५ मा मृत्यु भएको घटनाका विषयमा कुटपिट र अरू स्वास्थ्यकर्मीलाई पनि धम्क्याएको संघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro