देश
काठमाडौं । देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, चितवन, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी र दार्चुला आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने महाशाखाले जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० ११:१७
प्रतिक्रिया दिनुहोस्