site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
'सुपर फोर'मा भारतको लगातार दोस्रो जित 

काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा भारतले लगातार दोस्रो जित निकालेको छ । भारतले मंगलबार भएको खेलमा घरेलु टिम श्रीलंकाविरुद्ध ४१ रनको जित निकालेको हो ।

श्रीलंकाको आर प्रेमादसा रंगशालामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४१.३ ओभरमा १७२ रनमै समेटियो ।

श्रीलंकाका दुनिथ वेलालागेले ४२ रन बनाए । धनञ्जय डी सिल्भाले ४१, चरिथ असलंकाले २२, सदीरा समाराविक्रममाले १७ र कुशल मेन्डिसले १७ रन जोडे ।

श्रीलंकालाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले चार विकेट लिए । रविन्द्र जडेजा र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा मोहम्मद सिराज र हार्दिक पन्ड्याले एक–एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । 

भारतका कप्तान रोहित शर्माले ५३ रन बनाएका थिए । उनले ४८ बलमा सात चौका र दुई छक्का प्रहार गरेका थिए । केएल राहुलले ३९, इशान किशनले ३३, अक्सर पटेलले २६ र सुभमन गिलले १९ रन बनाए ।

भारतविरुद्ध श्रीलंकाका दुनिथ वेलालागेले पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका दुनिथले एक मेडन राख्दै ४० रन खर्चिएका थिए । चरिथ असलंकाले चार विकेट लिँदा महिस थिक्षणाले एक विकेट लिए ।

प्रतियोगिताको सुपर फोरमा लगातार दोस्रो जित निकालेको भारतले फाइनल सम्भावनालाई बलियो बनाएको छ । शीर्ष स्थानको भारतको चार अंक छ । समान खेलबाट दुई अंक जोडेको श्रीलंका तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro